देश

बोर्डको नाम परीर्वतन
काठमाडौँ,माघ ,१३
 
गरिब घरपरिवार पहिचान र परिचयपत्र व्यवस्थापन तथा वितरण समन्वय बोर्डको नाम लक्षित परिवार समन्वय बोर्ड राखिने भएको छ । 
 
गरिब घरपरिवार पहिचान र परिचयपत्र व्यवस्थापन तथा वितरण समन्वय बोर्डको मंगलबार प्रधानमन्त्री सुशिल कोइरालाको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले नाम फेर्ने निर्णय गरेको हो । बार्डको निर्णयलाई मन्त्रीपरिषद् बैठकले अनुमोदन गरेपछि बोर्डको नाम लक्षित परिवार समन्वय बोर्ड कायम हुने छ ।
 
बैठकले गरिब घर परिवार पहिचान गर्ने मापदण्ड र कार्यविधि स्वीकृत गरेको छ । बैठकको निर्णय अनुसार साक्षारताको अवस्था, परिवारका सदस्यको संख्या, मासिक आम्दानी लगायतलाई आधार मानेर गरिब घरपरिवार पहिचान गरिने बोर्डका उपसचिव ढुण्डीराज लामिछानेले बताउनुभयो ।
 
बैठकले गरिब घरपरिवार पहिचान गर्ने सफ्टवेयर संचालनमा ल्याउन बोर्डलाई स्वीकृति समेत दिएको छ । बोर्डका अनुसार नेपालका विभिन्न २५ जिल्लामा गरिबहरुको संख्या धेरै छ । २५ जिल्लामा करिब ६१ लाख ४७ हजार जनसंख्या गरिबीको रेखामुनी रहेको बोर्डले जनाएको छ । गरिबीको रेखामुनी रहेकाहरुलाई सरकारले २०६९ सालको असोज १ गतेदेखि परिचयपत्र दिन सुरु गरेपनि सबै गरिबहरुले परिचयपत्र पाउन सकेका छ्रैनन् ।

Post Comment

More देश

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award