देश

मलेसियाबाट घाईते भएर फर्केका मुसहरलाई रु ६० हजार क्षतीपूर्ती
विद्रोही गिरी
नवलपरासी, १३ माघ ।
रोजगारीका लागि मलेसिया पुगेको चार महिनामै घाईते भएर फर्किएका कावासोती—७ मा २६ बर्षीय रामबहादुर मुसहरलाई बैदेसिक रोजगार प्रवद्र्धन बोर्डले रु ६० हजार नगद क्षतीपुर्ती दिएको छ ।
उनी वि.स.२०७० चैतमा आसुतोष म्यानपावर कन्सल्टेन्सी प्रा.लिबाट मलेसिया पुगेका थिए। 
रवर उद्योगमा काम गर्दा  समातेको सामान फुत्केर   खुट्टामा ठोंकिदा बिस्तारै सुक्दै जाने समस्या भएपछि अस्पताल भर्ना भएका रामबहादुरलाई  प्रवासी नेपाली समन्वय समितिका रामचन्द्र नेपालको  सहयोगमा नेपाल फर्किएपछि क्षतीपूर्ती प्रक्रिया अगाडि बढेको हो ।
 
रु एक लाख ६० हजार खर्च गरेर मलेसिया पुगेका उनलाई नेपाल फर्किएपछि उपचार र क्षर्तीपूर्तीका लागि सुरक्षित आप्रवासन  परामर्श तथा सूचना केन्द्र कावासोतीले सहयोग गरेको थियो । बोर्डबाट क्षतिपुर्ती पाएपछि सूचना केन्द्र आएका मुहसरले आफुले नसोचेको क्षर्तीपुर्ती पाएको बताएका छन्  । शुरुमा त क्षतीपुर्ती पाइदैन होला भन्ने थियो संस्थाले भन्दा पनि खासै चासो दिइन अहिले खुसी छु  औषधिको पैसा तिर्न सहयोग भयो मुसहरले भने—‘गएको केही महिनामै आमा गुमाए पछि आफै यस्तो हातलमा फर्कदा धिक्कार लागेको थियो अहिले जीवन पाए ’।
 
दुई छोरा र श्रीमती भएका उनको रोजगारी नहुदा विहान बेलुका घरमा छाक टार्न पनि धौ धौ छ । 
अब गाउँमै काठको काम गरेर गुजारा टाँर्ने सोच बनाएका मुहसर विदेश जादा श्रम, राम्रो कम्पन्नी हेरर मात्र जानुपर्ने सुझाव अरुलाई दिएका छन् ।
 
उनको दुर्घटनाबारे समाचारहरु प्रकाशनमा आएपछि क्षर्तीपुर्ती दिलाउन सहज भएको सूचना केन्द्रका संयोजक रितुराम थापाले  बताउनु भयो । महिनामा दुई पटक सम्म मुसहरको घरमा गएर बैदेसिक रोजगारमा भएको पीडा र समाधानको उपायका बारेमा कुराकानी गर्दा बल्ल उनलाई क्षर्तीपूर्तीको प्रक्रियामा अगाडि बढाउन सकिएको सामाजिक परिचालक सर्मिला परियारले बताइन् ।  क्षतीपुर्ती दिलाउन सहयोग गर्ने सबैलाई मेरो धन्यवाद छ मुसहरले भने ।  

Post Comment

More देश

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award