अपराध

मोटरसाइकल चोरीका अभियुक्त पक्राउ मोटरसाइकल चोरीका अभियुक्त पक्राउ
इटहरी, २० चैत, रासस
सुनसरी जिल्लाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी कोशी ब्यारेज नजिकै पु¥याएको अवस्थामा दुई थान चोरीको मोटरसाइकलसहित मोटरसाइकल चोरी गिरोहमा संलग्न रहँदै आएका तीन युवालाई आज पक्राउ गरिएको छ । 
 
को २९ प ८३५९ र को २२ प ९७३५ नं का चोरीका पल्सर मोटरसाइकलसहित चोरीमा संलग्न अभियुक्तलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिनुभयो । चोरीको मोटरसाइकलसहित पक्राउ पर्नेमा सुनसरी बराह क्षेत्र–६ का २२ वर्षीय श्रीराम चौधरी, इनरुवा– ७ चाँदबेलाका १७ वर्षीय अमल चौधरी र इटहरी उपमहानगरपालिका– १६ का २२ वर्षीय सन्दीप चौधरी रहेको बताइएको छ । 
 
यसैबीच सुनसरी जिल्ला, कोशी गाउँपालिका– ६ निवासी २२ वर्षीया पुजनी भनिने पूजादेवी सरदारको एक वर्षअघि हत्या गरी फरार रहेका अभियुक्त अजय कडरियालाई सोमबार पक्राउ गरिएको छ । 
 
सप्तरी, कंकालिनी नगरपालिका– ३ माइती भई वैवाहिक जीवन बिताइरहेकी पूजालाई उनका श्रीमान् अजयले कर्तव्य ज्यान गरी हत्या गरेको खुल्न आएको र अभियुक्त फरार रहेकाले उनलाई खोजतलास गर्ने क्रममा सोमबार फेला परेको बताइएको छ । अभियुक्तमाथि जिल्ला अदालत सुनसरीमा ज्यान मारेको अभियोगमा कारबाहीका लागि अनुसन्धान अघि बढाइएकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

Post Comment

More अपराध

Onair Now Onair Now

Sweet Home

Started at: 14:10 HRS

Up Next

kalika Highlites

Starts at: 15:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award