अपराध

चोरीको मोटरसाईकलको नक्कली ब्लुबुक चोरीको मोटरसाईकलको नक्कली ब्लुबुक
रविन भट्टराई÷बिर्तामोड,
चैत १७,
बिभिन्न अभियान चलाउँदा समेत मोटरसाईकल चोरी नरोकिदा हैरान बनेको झापा प्रहरीलाई झापामानै नक्कलि सवारी दर्ता किताब (ब्लुबुक) बन्न थालेपछि चुनौंती अझै थपिएको छ । 
 
झापामा चोरीका मोटरसाईकल किन्ने र त्यसको किर्ते ब्लुबुक बनाएर मोटरसाईकल चलाउनेको पनि संख्या थपिएको प्रहरीले बताएको छ । यातायात कार्यालयकै छाप प्रयोग गरेर नक्कली ब्लुबुक बनाउने र मोटरसाईकल चलाउने दुबैलाई प्रहरीले पक्राउ गरेपछि झापामानै ब्लुबुक बनाउने गिरोह रहेको खुलासा भएको हो । 
 
प्रहरीले नक्कली ब्लुबुक प्रयोग गर्ने साविक बनियानी ३ हाल कचनकवल गाउँपालिका ६ का २२ वर्षीय अरुण साह बानियाँ र ब्लुबुक बनाउने बिर्तामोड नगरपालिका ९ का कृष्ण कुमार खड्कालाई पक्राउ गरेको छ । 
 
चेकजाँचको क्रममा बानियाँले प्रयोग गर्ने मे ५ प ५२५९ नम्बरको मोटरसाईकलको ब्लुबुकको संका लागि यातायात कार्यालयमा हेर्दा लिखत नभेटिएपछि चालक बानियाँलाई पक्राउ गरेको थियो । बानियाँले यातायात व्यवस्था कार्यालय मेची अघि खड्का होटल सञ्चालन गरी बस्ने कृष्ण कुमार खड्काले बनाएको बताएपछि खड्कालाई पनि नियान्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपि कृष्ण कोईरालाले बताए । 
 
पक्राउ परेका दुबै जनालाई जिल्ला अदालत झापाबाट सरकारी छाप दस्तखत किर्ते मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरीएको डिएसपि कोईरालाको भनाई छ । उनका अनुसार नक्कली ब्लुबुक बनाउने कार्यमा अन्य व्याक्तिको पनि संलग्नता रहेको पाईएको छ । 
 
 

Post Comment

More अपराध

Onair Now Onair Now

Sweet Home

Started at: 14:10 HRS

Up Next

kalika Highlites

Starts at: 15:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award