अपराध

गोली प्रहारबाट सुन व्यापारीको हत्या गोली प्रहारबाट सुन व्यापारीको हत्या
सर्लाही, २५ असोज (रासस) 
सर्लाहीमा पहिचान हुन नसकेका मानिसको गोली प्रहारबाट एक सुन व्यापारीको हत्या भएको छ । 
 
मंगलबार साँझ ७ बजे हरिपुर नगरपालिकास्थित पिडारीबाट पसल बन्द गरेर घर फर्कँदै गरेका कविलासी गाउँपालिका–३ पिपरिया बस्ने २७ वर्षीय सुनिल साहको अज्ञात समूहले गोली हानी हत्या गरेको हो । 
 
मृतकका पिता नागेन्दर साहका अनुसार साँझ पसल बन्द गरेर मोटरसाइकलमा घर फर्कदै गर्दा बाटो ढुकेर बसेका तीन÷चार जनाको समूहले मोटरसाइकल रोक्न लगाएर साथमा रहेको नगद तथा सुन, चाँदी लुटन खोजेका थिए । 
 
सर्लाही प्रहरीका अनुसार प्रतिकार गर्न खोज्दा लुटेराले सुनिलको च्यापुमुनि गोली हानी हत्या गरी मृतकका पिता नागेन्दर साहको झोलामा रहेको नगद तथा सुन, चाँदीसमेत लिएर फरार भएका छन् । 
 
गम्भीर घाइते साहलाई सर्लाही जिल्ला अस्पताल पु¥याइएको भए पनि अस्पतालले मृत घोषणा गरेको छ । घटनाको विषयमा अनुसन्धानका लागि फरार समूहको खोजीलाई तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रहरी उपरीक्षक मसाउद आलम खाँले बताउनुभयो ।
 

Post Comment

More अपराध

Onair Now Onair Now

Kaya Kairan

Started at: 06:00 HRS

Up Next

Samaya Sandarva

Starts at: 06:35 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award