अपराध

चार केजी चरेशसहित युवक पक्राउ चार केजी चरेशसहित युवक पक्राउ
भीमदत्तनगर, २५ असोज (रासस) 
प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्यूरोको टोलीले मंगलबार कञ्चनपुरको बेदकोट नगरपालिकाबाट चार किलोग्राम लागूऔषध चरेशसहित एक युवकलाई पक्राउ गरेको छ । 
 
सुदूरपश्चिम क्षेत्रीय ब्यूरोबाट खटिएको प्रहरी नायब निरीक्षक लोकराज भट्ट नेतृत्वको टोलीले बेदकोट नगरपालिका–९ लालपुरदेखि बागफाँटातर्फ गइरहेका दार्चुला ग्वानी–६ का कृष्ण डाँगालाई चरेशसहित नियन्त्रणमा लिएको हो । 
 
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले चरेश र अभियुक्त जिल्ला प्रहरीमा राखेर कारबाही प्रक्रिया अघि बढाइसकेको जानकारी दिनुभयो । 
 

Post Comment

More अपराध

Special Programs

Kalika Events

  • 12th Music Award