अपराध

एकैदिन तीन ठाउँमा चोरी एकैदिन तीन ठाउँमा चोरी
राजविराज, १५ भदौ ।
सप्तरीको खडक नगरपालिका–९ र १० मा गएराति एकैचोटि तीन ठाउँमा चोरी भएको छ । सोही नगरपालिकाको इनवा फुलबडियाका रामाकान्त चौधरीको घर र लालपट्टि टोलका इबराहिम तथा हरि चौधरीको घरमा शृंखलाबद्धरुपमा चोरी भएको स्थानीयवासी वीरेन्द्र साहले जानकारी दिनुभयो । 
 
चोरले उनीहरुको घरमा रहेको नगद जिन्सीसहित सुनचाँदीका गरगहना र भाँडावर्तन गरी रु १० लाख मूल्य बराबरको सामान चोरी भएको पीडितले बताएका छन् । 
 
सो क्षेत्रमा दुई महिनादेखि लालपुर, बरहा बनौली, फुलबडियासहितका गाउँमा चोरी गर्ने चोर सक्रिय रहेको बताइएको छ । चोरी गर्ने समूहको खोजी भइरहेको इप्रका कल्याणपुरले जनाएको छ । 

Post Comment

More अपराध

Onair Now Onair Now

Kaya Kairan

Started at: 06:00 HRS

Up Next

Samaya Sandarva

Starts at: 06:35 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award