- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अपराध
काठ तस्करीमा भारतीय गाडीको प्रयोग
गौर ९रौतहट०, २७ साउन ।
रौतहटमा हिजोआज काठ तस्करले भारतीय सवारीसाधनको प्रयोग गरेर काठ तस्करी गरिरहेको पाइएको छ । बिहीबार राति तस्करले काठ तस्करी गर्ने क्रममा एउटा भारतीय नम्बरको सवारीसाधन छाडेर भागेका छन् । भारतीय युपी ४१ एटी ३८१२ र नेपाली ना ३ च ६१५० नम्बरको प्लेट रहेको पिकअप भ्यान छाडेर भागेका हुन् ।
वन कार्यालयको वन गस्तीले बिहीबार राति गोली चलाएपछि मात्र काठ तस्करले काठ सहितको पिकअप भ्यान छाडेर भागेका थिए । जिल्लाको वृन्दावन गाउँपालिका अन्तर्गतको विश्रामपुरबाट वन गस्ती टोलीले १० राउण्ड गोली चलाएपछि काठ सहितको एक थान पिकअप भ्यान नियन्त्रणमा लिइएको जिल्ला वन कार्यालय रौतहटले जानकारी दिएको छ ।
वन गस्ती टोलीले वृन्दावन गाउँपालिकाअन्तर्गत विश्रामपुरबाट एउटै गाडीमा दुईवटा नम्बर प्लेट भएको पिकअप भ्यानमा रहेको ६ थान सालको गोलियासहित नियन्त्रणमा लिएको हो । पूर्व–पश्चिम मुख्य राजमार्गबाट वन प्रवेश गरेको गाडीलाई वन गस्ती टोलीले पछ्याउँदै जाने क्रममा काठ तस्करले काठ सहितको पिकअप भ्यान नरोकेपछि १० राउण्ड गोली चलाएर सो भ्यान नियन्त्रणमा लिइएको जिल्ला वन कार्यालय रौतहटका वन अधिकृत दीर्घनारायण कोइरालाले बताउनुभयो ।
उक्त पिकअप भ्यानबाट ६० क्युफिट बराबरको ६ थान गोलिया बरामद गरिएको र तस्कर भने फरार रहेको वन अधिकृत कोइरालाले जानकारी दिनुभएको छ । बिना प्रमाण पुर्जी अवैधरुपमा काठ लैजाँदै गरेकोे अवस्थामा नियन्त्रणमा लिइएको उहाँकोे भनाइ छ । यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला वन कार्यालय, रौतहटले जनाएको छ । यसअघि पनि वन कार्यालय, रौतहटले मङ्सिरमा भारतीय नम्बर प्लेटको बिआर ०६ जिए ९६८७ नंका पिकअप भ्यान काठसहित नियन्त्रणमा लिएको थियो ।
पछिल्लो समयमा वनभित्र तस्करले पिकअप भ्यान नै लगेर काठ लैजाने गरेको छ । ट्रक, पिकअप भ्यान, ट्याक्टर, टायरगाडा, मोटरसाइकल र साइकलका माध्यमबाट तस्करले वनबाट काठ लैजाने गरेको पाइएको छ । जिल्ला वन कार्यालय, रौतहटले दिएको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७३÷७४ मा पिकअप भ्यान दुई, ट्याक्टर आठ, टायरगाडा तीन, मोटरसाइकल चार र साइकल २९ थान बरामद भएको छ । रासस
Post Comment
More अपराध
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ
- विकको हत्यामा संलग्न तामाङ पक्राउ
- युवती हत्याको अभियोगमा युवक पक्राउ
- भारतीय सेनाका पूर्व जर्नेल भन्दै ठगी गर्ने पक्राउ
- नगरप्रमुखमाथिको आक्रमणको घटनामा संलग्नलाई धरौटीमा रिहा
- दाजुका छोराछोरी हत्या गर्ने खर्कबहादुर प्रहरी खोरमा
- मोटरसाइकल चोरीका अभियुक्त पक्राउ
- युवतीलाई जबरजस्ती करणी गर्ने वडा सदस्य पक्राउ
- चोरीको मोटरसाईकलको नक्कली ब्लुबुक
- दुईजना पक्राउ
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





