अपराध

हत्या आरोपमा बाबु र दाजु पक्राउ हत्या आरोपमा बाबु र दाजु पक्राउ
गौशाला, १७ साउन ।
महोत्तरी जिल्लाको गौशाला नगरपालिका–२ बस्ने एक महिलालाई हत्या गरेको आरोपमा प्रहरीले मृतकका बाबु र दाजुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही जिल्लाको हरिवन नगरपालिका–५ बस्ने शिवजी महतो र उनका छोरा विनोदकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताउनुभयो । 
 
गत साउन १० गते दिउँसो ३ बजेतिर पक्राउ परेका महतो बाबु छोराले आफ्नै छोरी÷बहिनी गौशाला नगरपालिका–२ बस्ने विक्रम महतोकी पत्नी २५ वर्षीया सन्तोलियाकुमारी महतोलाई सलको पासो लगाई घाँटी कसेर हत्या गरी गौशाला नगरपालिका–८ स्थित सागरनाथ वन विकास परियोजनाको जंगलमा रहेको खोल्सीमा फालेको अवस्थामा प्रहरीले उनको लाश फेला पारेको थियो । 
 
विसं २०६९ मा गौशाला–२ बस्ने विक्रम महतोसँग विवाह बन्धनमा बाँधिएकी सन्तोलिया पति वैदेशिक रोजगारीमा खाडी मुलुकमा रहेको अवस्थामा माइती र घर कतै नबसी सधैँ परपुरुषहरुसँग अनैतिक सम्बन्ध बनाउँदै बाहिर बाहिरै हिँडेकीमा उनका घरपरिवार र माइती पक्षसमेतले सम्झाई बुझाई गर्दा पनि नमानेपछि उनका बाबु र दाजुले उनलाई माइतमा बोलाई नाक, मुख थुनेर सलले कसेर कर्तव्य गरी मारेको प्रहरी उपरीक्षक लम्सालले बताउनुभयो । 
 
महतो बाबु÷छोरालाई इलाका प्रहरी कार्यालय, गौशालाले पक्राउ गरी महोत्तरी जिल्ला अदालतमा म्याद थप गरी कर्तव्य ज्यान मुद्दा चलाएको छ । रासस 

Post Comment

More अपराध

Onair Now Onair Now

samajhdari

Started at: 19:25 HRS

Up Next

Nepal Darpan

Starts at: 20:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award