अपराध

बेचबिखनमा संलग्न भएको नौ वर्षपछि पक्राउ बेचबिखनमा संलग्न भएको नौ वर्षपछि पक्राउ
त्रिशूली ९नुवाकोट०, ११ साउन ।
जिल्लाको घ्याङफेदीकी एक बालिकालाई भारतमा लगेर बेचेको आरोपमा नौ वर्षपछि दुप्चेश्वर–१ घ्याङफेदीका ४४ वर्षीय मानबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । 
 
पीडितको किटानी जाहेरीपछि तामाङलाई दुई दिनअघि आफ्नै घरबाट प्रहरीले पक्राउ गरेर आज जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरिएको हो । काठमाडौँ काममा लगाइदिने भन्दै तामाङले २०६५ साल वैशाखमा सोही स्थान निवासी ११ वर्षीय ती बालिकालाई बिक्री गरेको थियो । ती बालिका हाल नेप्लिज होम संस्थाको संरक्षणमा कक्षा १० मा अध्ययनरत रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक देबबहादुर बोहराले बताउनुभयो । 
 
पीडित बालिकाले गत असार १६ गते किटानी उजुरीपछि प्रहरीले तामाङलाई कारबाहीका लागि जिल्ला अदालतमा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा थप अनुसन्धानका लागि थप म्याद मागेकामा दायरगरेकामा अदालतले अनुमति दिएको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता तथा प्रहरी नाायब उपरीक्षक ऋषिराज कँडेलले बताउनुभयो । आरोपी मानबहादुरले एक दिन काठमाडाँै होटलमा राखी भोलिपल्ट बस चढाएर मनकामना दर्शन गराएको र त्यसपछि एक अपरिचित महिलाको साथमा काँकडाभित्ता नाका हँुदै कलकत्ता पु¥याएर हल्दियाको कोठीमा बेची फरार भएको पीडित किशोरीले बताइन् । 
 
बेचिदा ११ वर्षकी ती बालिका हाल २० वर्षकी भइन् । उनी २०६७ सालमा नेपाल फर्किएकी हुन् । कलकत्ताको कोठीमा भारतीय प्रहरी र इन्टरनेशनल जस्टिक मिसन नामक संस्थाले छापा मारी नेपाल फर्काए पनि कलिलो उमेरमा बोल्न र घटनाबारे भन्न डराएका कारण ६ वर्षपछिमात्र उजुरी दिएको उनले जानकारी दिइन । सोही घटनामा संलग्न मानबहादुरकी श्रीमती ४१ वर्षीया मेन्दो तामाङ, दुप्चेश्वर गाउँपालिका– १ घ्याङफेदीका प्रेमबहादुर तामाङ र घ्याङफेदीकै नाम नखुलेका अन्य दुईजना फरार रहेको जिल्ला प्रहरी प्रमुख बोहराले बताउनुभयो । 
 
प्रहरीका अनुसार केही समय अगाडि सोही स्थानबाट २२ वर्षीया सुनुमाया तामाङ र सानुमाया तामाङ हराइरहेको र उक्त घटनाको अनुसनधान गर्दा पुरानोे घटनाका दोषी मानबहादुर फेला परेका हुन् । रासस 

Post Comment

More अपराध

Onair Now Onair Now

OFFLINE

 

Up Next

Nepal Darpan

Starts at: 20:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award