अपराध

लागुऔषधसहित एकजना पक्राउ लागुऔषधसहित एकजना पक्राउ
पोखरा, ९ साउन ।
पोखरा लेखनाथ महानगरपालिका–२ बागलुङ बसपार्कबाट ठूलो परिणाममा लागुऔषध सहित आइतबार एकजना युवा पक्राउ परेका छन् । लागुऔषध ओसारपसारमा संलग्न रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका–५ लुठावाका २१ वर्षीय वासुदेव बराईलाई वडा प्रहरी कार्यालय बगरको टोलीले पक्राउ गरेको हो ।
 
भैरहवाबाट पोखरा आउने रात्रि बसमा आएका अभियुक्तको साथबाट ६० ट्याबलेट नाइट्रोभयाट, ५० एम्पुल डाइजापाम, ५० एम्पुल फेनरागन र ५० थान नुर्पिmम लागुऔषधसमेत बरामद गरेको प्रहरीले जनाएको छ । 
 
पक्राउ परेका युवालाई आगुऔषधअन्तर्गत मुद्दा दर्ता गरी जिल्ला प्रहरी कार्यालय कास्कीले थप अनुसन्धान गरिरहेको बताइएको छ । यस क्षेत्रका सम्पूर्ण जिल्लामा आगुऔषध नियन्त्रण विशेष ‘अपरेसन सिदा’नामक कार्ययोजना सञ्चालन भएलगत्तै लागुऔषध नियन्त्रणमा सक्रियता बढेको क्षेत्रीय प्रहरी कार्यालय पोखराले जनाएकोछ । रासस 

Post Comment

More अपराध

Onair Now Onair Now

OFFLINE

 

Up Next

Nepal Darpan

Starts at: 20:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award