निर्वाचन विशेष

मतपत्र छपाइको परीक्षण शुरु मतपत्र छपाइको परीक्षण शुरु
काठमाडौँ, १७ असोज (रासस) ः
आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक तर्फको नमूना मतपत्र छपाइ कार्य शुरु भएको छ । 
 
निर्वाचन आयोगले उक्त मतपत्रको छपाइ कार्यको जिम्मा जनकशिक्षा सामग्री केन्द्र लिमिटेडलाई दिएको छ । 
 
यसैबीच, प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव र आयुक्त नरेन्द्र दाहालले सानोठिमीस्थित जनकशिक्षा समाग्री केन्द्र पुगेर मतपत्र छपाइ गर्ने प्रेसको अवस्था र सुरक्षा व्यवस्थापनको योजना लगायतका बारेमा जानकारी लिनुभयो । 
 
उक्त केन्द्रको अवलोकनपछि पत्रकारसँग कुराकानी गर्दै प्रमुख निर्वाचन आयुक्त डा यादवले मतपत्र छाप्ने सबै प्रेसको सरसफाइ चुस्त–दुरुस्त रहेको जनाउँदै आजैबाट मतपत्र छपाइको परीक्षण शुरु भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आयोगले समानुपातिक निर्वाचनको मतपत्र आजैबाट अर्थात् असोज १७ गतेबाट छाप्ने कार्ययोजना बनाएको थियो, त्यो अनुसार नै काम अघि बढेको छ ।” 
 
सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मंसिर १० र २१ गते दुई चरणमा एकै पटक गर्ने निर्णय यसअघि नै गरेको छ । पहिलो चरणमा हिमाली र पहाडी जिल्ला तथा दोस्रो चरणमा पहाडी र तराईको जिल्लामा निर्वाचन हुनेछ । उक्त निर्वाचनका लागि एक करोड ५४ लाख २७ हजार ७३१ मतदाता कायम भएको आयोगले जनाएको छ । 

Post Comment

More निर्वाचन विशेष

Special Programs

Kalika Events

  • 12th Music Award