निर्वाचन विशेष

दुवै रुकुमको जिससमा माओवादी केन्द्र निर्विरोध दुवै रुकुमको जिससमा माओवादी केन्द्र निर्विरोध
रुकुम, ८ असोज रासस
रुकुम र पूर्वी रुकुममा नेकपा ९माओवादी केन्द्र०का उम्मेदवार जिल्ला समन्वय समितिमा निर्विरोध निर्वाचित हुनुभएको छ । दुवै जिल्लाको निर्वाचनका लागि प्रमुख र उपप्रमुखसहित नौ नौ जनाको उम्मेदवारी परेको हो ।मुख्य निर्वाचन अधिकृतको कार्यालयले उहाँहरु निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ । 
 
पूर्वी रुकुम जिसस प्रमुखमा गजेन्द्रबहादुर ओली र उपप्रमुखमा भीमकुमारी पुन तथा सदस्यमा दयालसिंह पुन, धनीमान बुढा, महेन्द्र मल्ल, जनक विक, आस्था विक, विष्णु नेपाली र रीता विक निर्विरोध निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 
 
यस्तै पश्चिम रुकुम जिसस प्रमुखमा राजकुमार शर्मा र उपप्रमुखमा इन्दिरा बीएम तथा सदस्यमा धनवीर ओली, अमृत बोहरा, टेकबहादुर ओली, विष्णु सुनार, निर्मला रसाइली, नउम घर्ती र चिमेली सुनार निर्विरोध भएको पश्चिम रुकुमका मुख्य निर्वाचन अधिकृत डण्डपाणि शर्माले जानकारी दिनुभयो । 

Post Comment

More निर्वाचन विशेष

Onair Now Onair Now

Kun Geet Sunau

Started at: 19:20 HRS

Up Next

Nepal Darpan

Starts at: 20:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award