घटना दुर्घटना

भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
उद्धव घिमिरे 
विराटनगर, ४ चैत ।
विराटनगर महानगरपालीका–१३ थापा निवास स्थित भारतीय दुतावासको विराटनगर सम्पर्क कार्यालयको पर्खाल बाहिर बम विष्फोट भएको छ ।जिल्ला प्रहरी कार्याल मोरङका प्रहरी उपरिक्षक अरूणकुमार बिसीले दिएको जानकारी अनुसार सोमवार साँझ ८ बजेर १५ मिनेट जाँदा अज्ञात समुहले बम विष्फोट गराएको हो । दुतावासको सम्पर्क कार्यालय अगाडीको पर्खाल नजिकै चौरमा बम विष्फोट हुँदा कार्यालयको पर्खालमा क्षति पूगेको एसपी बिसीले जानकारी दिनुभयो । विष्फोटबाट पर्खालमा प्वाल पर्नुको साथै चर्किएको छ ।  
 
‘घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ’, बिसीले भन्नुभयो, ‘कस्ले र किन गराएको भन्ने विषय खुलेको छैन, केही हुलिया पत्ता लागेको छ छिट्टै हामी अपराधिलाई पक्राउ गर्छौं ।’
सम्पर्क कार्यालय अगाडीको खाली जग्गामा तर्साउने गरि गराइएको बिस्फोट भनिएपनि प्रेसर कुकर बम रहेको प्रहरीले आशंका गरेको छ ।रातको समय भएको कारण अनुसन्धान र घटनास्थलमा केही प्रमाण फेला पार्न नसकेको बिसीको भनाइ छ । घटनामा विप्लव माओवादीले गराएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । उक्त सम्पर्क कार्यालय २०६४ साल भदौमा कोशी बाँध फुटेर पूर्व पश्चिम राजमार्ग कटान भएपछि बन्द भएको सवारी आवागमन संञ्चालन गराउन सहजता प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको थियो । सो समय विराटनगरको रानीबाट भारतीय सिमानाका जोगवनी हुँदै पूर्व पश्चिम यातायात संञ्चालन गराउन सम्पर्क कार्यालयले काम गरेपनि पछि राजमार्ग मर्मतगरि सिधै सवारी आवागमन संञ्चालन भइसकेको अवस्थामा उक्त कार्यालयभने अहिलेसम्म हटाइएको थिएन । उक्त कार्यालय हटाउन विभिन्न समयमा आवाज उठेपनि नेपाल सरकार र भारतिय सरकारले सम्पर्क कार्यालय हटाउन कुनै पहल गरेको छैन ।  
 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Chaso ra charcha

Started at: 12:10 HRS

Up Next

Kalika News Update

Starts at: 14:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award