घटना दुर्घटना

चितुवाको आक्रमणबाट एकजना घाइते चितुवाको आक्रमणबाट एकजना घाइते
भीमदत्तनगर, ३ वैशाख, रासस
चितुवाको आक्रमणबाट आज यहाँ एकजना घाइते भएका छन् । 
 
चितुवाको आक्रमणबाट भीमदत्तनगरपालिका– १८ बागफाटाका ४५ वर्षीय छाउना राना घाइते भएका हुन् ।
 
सख्त घाइते उनलाई उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी पठाइएको प्रहरी चौकी बागफाटाका हवल्दार चन्द्रसिंह प्वालीले जानकारी दिनुभयो । 
 
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको उक्त वस्तीमा आज बिहान चितुवा पसेर रानालाई आक्रमण गरेको हो । चितुवाले गाउँमा बाख्रासमेत खाएको छ ।
 
अहिले चितुवालाई वस्तीबाट धपाउन निकुञ्जबाट हात्तीसहितको सेनाको टोली, निकुञ्जका कर्मचारी र प्रहरी परिचालन गरिएको छ ।
 
उक्त वस्ती निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्छ । 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

OFFLINE

 

Up Next

Kalika News Up-Date

Starts at: 00:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award