घटना दुर्घटना

नगरपालिकाकी उपप्रमुख दुर्घटनामा घाइते नगरपालिकाकी उपप्रमुख दुर्घटनामा घाइते
फलेवास, पर्वत, २ वैशाख रासस
कास्कीको पोखरा लेखनाथ उपमहानगरपालिका ३२ तल्लो गगनगौँैँडामा भएको सवारी दुर्घटनामा परी पर्वतका कुश्मा नगरपालिकाकी उपप्रमुख सीता काप्mले लामिछाने घाइते हुनुभएको छ । 
 
काठमाडौँबाट पर्वततर्फ फर्किदै गर्दा काफ्ले सवार ना४च ५०५४ नम्बरको बोलेरो जिपलाई पोखराबाट दुलेगौडाका लागि छुटेको ना २ ख ९७८९ नम्बरको ट्रकले शनिबार ठक्कर दिएको थियो । जिपमा सवार उपप्रमुखसहित उहाँकी छोरी, यात्रु शिव क्षेत्री र चालक विनोद क्षेत्री पनि घाइते हुनुभएको छ । ट्रकको ठक्कर पछि जिप सडकमा पल्टिएको थियो । 
 
घाइतेको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ । प्रहरीले जिप, ट्रक र ट्रकका चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Face to Face

Started at: 08:05 HRS

Up Next

Nepal Khabar

Starts at: 09:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award