घटना दुर्घटना

सवारी दुर्घटनामा १ को मृत्यु, ११ घाईते सवारी दुर्घटनामा १ को मृत्यु, ११ घाईते
खेम बोलखे, कालिका, १ बैशाख । 
पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर २ मा शनिबार साँझ सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । 
 
नारायणगढबाट हेटौंडातर्फ जाँदै गरेको ना१ज ३६०९ नम्बर टाटा सुमो अनियन्त्रित भई सडक छेउमा पल्टिएर दुर्घटनामा परेको हो । दुर्घटनामा परी मकवानपुर बसामाडी निवासी २१ वर्षिय गोमा बल्लभको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 
 
यस्तै रत्ननगर नगरपालिका १० स्थित हरिहर मन्दिर अगाडि टाँडीबाट नारायणगढतर्फ आउदै गरेको बा १६ च ६४३५ नम्बरको कारले सोही दिशामा आउदै गरेको ना ३४ प २८२ नम्बरको मोटर साईकललाई ठक्कर दिंदा मोटर साईकलमा सवार २ जना घाइते भएको चितवन प्रहरीले जनाएको छ । 
 
मोटरसाइकल चालक बारा सिमरा बस्ने बर्ष २० को आकाश चौधरी र पछाडी सवार बर्ष २३ को दवेन्द्र बछार घाईते भई चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेका प्रहरीले जनाएको छ । 
 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Rodhighar

Started at: 16:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 17:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award