घटना दुर्घटना

हुम्लाका एक बालकको झुलाघाटबाट उद्धार हुम्लाका एक बालकको झुलाघाटबाट उद्धार
बैतडी, ३० चैत, रासस
हुम्ला घर भएका एक बालकको बैतडीस्थित नेपाल–भारत सीमानाका झुलाघाटबाट उद्धार गरिएको छ ।
 
घरमा थाहा नदिई भागेर भारत जाँदै गरेका हुम्लाको सर्केगाड गाउँपालिका–८ का १४ वर्षीय गजेन्द्र बोहरालाई प्रहरीले बिहीबार उद्धार गरेको हो । 
 
गजेन्द्रको घरमा फोन सम्पर्क गर्दा भागेर गएको थाहा पाएपछि बालकको उद्धार गरी आफन्तलाई बुझाउने तयारी गरिएको सिमानाका प्रहरी चौकीका प्रमुख चक्रदेव पाण्डेले जानकारी दिनुभयो ।
 
प्रदेश नं ७ सुदूरपश्चिमका सात वटा पहाडी जिल्लालगायत जुम्ला, कालीकोट, हुम्लाका नागरिक सीमानाका झुलाघाट हुँदै भारत जाने गर्दछन् । 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Rodhighar

Started at: 16:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 17:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award