घटना दुर्घटना

ट्र्याक्टरको ठक्करबाट युवकको मृत्यु ट्र्याक्टरको ठक्करबाट युवकको मृत्यु
उर्लाबारी, मोरङ, ३० चैत, रासस
 
बेलबारी नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्गमा ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । 
 
दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । को१२प ४६५९ नंको मोटरसाइकललाई को१त ९९१० नंको ट्र्याक्टरले बुधबार राति ठक्कर दिएको थियो ।
 
ट्र्याक्टरले ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकलको पछाडि सवार ताप्लेजुङ, मैवाखोला गाउँपालिका–६ बस्ने १७ वर्षीय मिसेत लिम्बूको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङले जनाएको छ ।
 
दुर्घटनामा घाइते मोटरसाइकलका चालक मोरङ सुन्दरहरैचा नगरपालिका–१० बस्ने १६ वर्षीय पवन राई र पछाडि सवार २० वर्षीय संगीत राईको धरानमै उपचार भइरहेको छ । ठक्कर दिने ट्र्याक्टरसहित चालकलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ । 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Musical Quiz

Started at: 09:15 HRS

Up Next

Kalika Highlights

Starts at: 10:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award