घटना दुर्घटना

दुई बालक कालीगण्डकी नदीमा बेपत्ता दुई बालक कालीगण्डकी नदीमा बेपत्ता
पाल्पा, २७ चैत, रासस
रम्भा गाउँपालिका–१, हँुगीमा दुई बालक नदीमा पौडी खेल्ने क्रममा सोमबार दिउँसोदेखि बेपत्ता भएका छन् । 
 
कालीगण्डकी नदीमा पौडी खेल्न गएका तीन जना मध्ये दुई जना बालक नदीमा बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा हँुगीका पाँच वर्षीय सरोज राना र सोही स्थानका चार वर्षीय अविरल पुन रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विनोद घिमिरेले जानकारी दिनुभयो । 
 
साथीहरु नदीमा पौडी खेल्ने क्रममा हराएको जानकारी दिइएपछि मात्र बेपत्ता भएको घटना बाहिर आएको हो । प्रहरीले आज बिहानदेखि नदी आसपासको क्षेत्रमा खोजी कार्य भइरहेको जनाएको छ । 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Face to Face

Started at: 08:05 HRS

Up Next

Nepal Khabar

Starts at: 09:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award