घटना दुर्घटना

चट्याङ लागेर वृद्धको मृत्यु चट्याङ लागेर वृद्धको मृत्यु
उर्लाबारी, मोरङ, २६ चैत, रासस
जहदा गाउँपालिका–१ मा चट्याङ लागेर आज बिहान एक वृद्धको मृत्यु भएको छ । 
 
खेतमा मुसा मार्दै गर्दा चट्याङ लागेर सो गाउँपालिका वडा नं ३ का ६० वर्षीय रामु मरण्डीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी दिनुभयो । 
 
मृतकको छातीमा चट्याङ लागेको प्रहरीको भनाइ छ । एउटा हातमा मरेको मुसा र अर्को हातमा कोदालो बोकेको अवस्थामा मरण्डीको शव फेला परेको प्रनाउ कोइरालाले जानकारी दिनुभयो ।

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Rodhighar

Started at: 16:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 17:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award