घटना दुर्घटना

मिनीट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु मिनीट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु
उर्लाबारी, मोरङ, २३ चैत, रासस
बूढीगंगा गाउँपालिका–३ स्थित गोकुवा चोकमा आज बिहान मिनीट्रकको ठक्करबाट एक साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । 
 
उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को १ ख ३०७२ नं को मिनीट्रकले साइकलमा सवार सुनसरी दुहबी–६ बस्ने ३५ वर्षीय सत्यनारायण ऋषिदेवलाई ठक्कर दिँदा उहाँको घटनास्थलमा नै मृत्यु भएको हो । 
 
मृतकको शव परीक्षणका लागि कोशी अञ्चल अस्पताल विराटनगरमा राखिएको छ । ठक्कर दिने ट्रक चालकलाई इलाका प्रहरी कार्यालय निमुवाले नियन्त्रणमा लिएको छ । 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Antakchari

Started at: 15:10 HRS

Up Next

Kalika News Up-Date

Starts at: 16:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award