घटना दुर्घटना

लागूऔषध चरेश बरामद, भारतीय नागरिक पक्राउ लागूऔषध चरेश बरामद, भारतीय नागरिक पक्राउ
मलेखु, धादिङ, २३ चैत, रासस
प्रतिबन्धित लागूऔषध चरेश लुकाइछिपाइ काठमाडौँबाट वीरगञ्जतर्फ लैजाँदै गरेको अवस्थामा आज बिहान प्रहरीले बरामद गरी एकजनालाई पक्राउ गरेको छ । 
 
प्रहरीले एच आर ५५ एक्स २५४९ नं को भारतीय कण्टेनर गाडीमा १६० किलोग्राम ५०० ग्राम लागूऔषध चरेशसहित बरामद गरेको छ । चरेशसँगै गाडी चालक भारत मणिपुर निवासी २४ वर्षीय शचिकान्त कुशवाहलाई पक्राउ गरी हिरासतमा लिएर थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो । 
 
लुकाइछिपाइ भारत निकासी गर्न लागिएको सो लागूऔषध जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय, गजुरीको संयुक्त प्रहरी टोलीले बरामद गरेको हो । 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award