घटना दुर्घटना

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
उर्लाबारी, मोरङ, २३ चैत, रासस
मोरङको बेलबारी नगरपालिका–३ स्थित पूर्व—पश्चिम राजमार्गमा गएराति मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । 
 
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को २८ प ७४३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रुखमा ठोक्किँदा मोटरसाइकलको पछाडि सवार सुनसरी जिल्ला धरान–१७ बस्ने ३० वर्षीय सञ्जीव विश्वकर्माको मृत्यु भएको हो ।
 
दुर्घटनामा परेर गम्भीर घाइते भएका विश्वकर्माको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा गएराति १२ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय, बेलवारीका प्रहरी निरीक्षक रामजी कट्वालले जानकारी दिनुभयो । 
 
दुर्घटनामा मोटरसाइकलका चालक धरान–१७ कै २२ वर्षीय विजय विश्वकर्मा गम्भीर घाइते भएकाले उहाँको धरानमै उपचार भइरहेको छ । 
 
चट्याङ लागेर मृत्यु 
 
यसैबीच, ग्रामथान गाउँपालिका–५, गिधनिया बस्ने २२ वर्षीय पुरुषोत्तम माझीको चट्याङ लागेर बिहीबार मृत्यु भएको छ । 
 
आफ्नै घरमा काम गर्ने क्रममा लागेको चट्याङले गम्भीर घाइते हुनुभएका उहाँको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ । 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award