घटना दुर्घटना

दुई हजार ३०० हेक्टर वनमा आगलागी, एकको मृत्यु दुई हजार ३०० हेक्टर वनमा आगलागी, एकको मृत्यु
काठमाडौँ, २२ चैत, रासस
गर्मीयाम शुरु भएसँगै मुलुकको दुई हजार ३०३ हेक्टर क्षेत्रफल वनमा आगलागी भएको छ । विभागले दिएको जानकारीअनुसार पहाडी तथा तराईका १३ जिल्लाका १०६ वनमा आगलागी भएको हो । 
 
सोमध्ये तनहुँको एक वन आगलागी हुँदा तीन हेक्टर, रौतहटका १० वनमा ४४ हेक्टर, मोरङको एक वनमा एक हेक्टर, सिन्धुली १५ वन ३३९ हेक्टर, मकवानपुर १७ वनमा १६५ हेक्टर, ओखलढुंगा पाँच वन ८३५ हेक्टरमा क्षति भएको छ । यसैगरी, ताप्लेजुङको दुई वनमा १९५ हेक्टर, इलाम छ वनमा ३३ हेक्टर, धनकुटा सात वन २५३ हेक्टर, रसुवा दुई वन सात हेक्टर, भोजपुर दुई वन आठ हेक्टर, धादिङ ३८ वन ३३५ हेक्टर र गुल्मीमा एक वन ९० हेक्टर क्षति भएको छ । 
 
विभागका सहायक वन अधिकृत डम्बरबहादुर भण्डारीले गर्मीसँगै हावाहुरी र गर्मीका कारण वनमा हुने आगलागी बढेको बताउनुभयो । उहाँले तनहुँमा वनमा भएको आगलागीले ६९ वर्षीय मोहनबहादुर थापाको मृत्यु भएको जानकारी दिनुभयो । उहाँले आगलागी भएका वनमा वनका कर्मचारी, स्थानीय उपभोक्ता, नेपाल प्रहरी, नेपाली सेनामार्फत आगलागी नियन्त्रणमा लिइएको बताउनुभयो । 
 
यसका अलावा अर्घाखाँची, बारा, चितवन, दाङलगायतका २५ जिल्लाका वनमा आगलागी भएको तर कति क्षति भयो भन्नेबारेमा आधिकारिक खबर नआइसकेको विभागले जनाएको छ । 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award