घटना दुर्घटना

विद्यालयका प्रबन्ध निर्देशक बेपत्ता विद्यालयका प्रबन्ध निर्देशक बेपत्ता
रसुवा, २२ चैत, रासस
निजी क्षेत्रबाट सञ्चालित बेत्रावतीस्थित एक विद्यालयका प्रबन्ध निर्देशक बेपत्ता भएका छन् । 
 
बेपत्ता हुनेमा उत्तरगया गाउँपालिका वडा नं ५ लहरे घर भई बेत्रावती ट्रिनिटी इङ्लिस बोर्डिङ स्कूल सञ्चालन गर्ने प्रबन्ध निर्देशक २९ वर्षीय चित्रमान डंगोल रहेको जिल्ला प्रहरी कार्यालय, रसुवाले जनाएको छ । 
 
जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार मानिस हराएको जाहेरी पाउनासाथ खोजतलास कार्यलाई व्यापक बनाइएको छ । 
 
यही चैत १५ गते आफ्नो घर लहरेबाट स्याफ्रुबेँसीका लागि हिँडेका श्रेष्ठ सोही दिन राति १० बजे आफू स्याफ्रुबेँसी पुगेको जानकारी घरपरिवारमा गराएपछि सम्पर्कविहीन भएको उहाँका दाजु नेत्रमानले बताउनुभयो । 
 
हराएका डंगोलको खोजी सहजीकरण गरिदिन आमसञ्चार माध्यम, मानवाधिकारवादी संघसंस्था र सम्पूर्ण दाजुभाइ दिदीबहिनीसमक्ष आग्रह गरिएको उनका परिवारजनले बताएका छन् । 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Antakchari

Started at: 15:10 HRS

Up Next

Kalika News Up-Date

Starts at: 16:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award