घटना दुर्घटना

बोक्सीको आरोपमा कुटपिट गर्ने पुर्पक्षमा बोक्सीको आरोपमा कुटपिट गर्ने पुर्पक्षमा
धनगढी, २० चैत, रासस
कैलाली जिल्ला, घोडाघोडी नगरपालिकामा बोक्सीको आरोप लगाई स्थानीयवासी एक महिलालाई कुटपिट गरिएको घटनामा संलग्न छ जनालाई जिल्ला अदालतको आदेशबमोजिम पुर्पक्षका लागि आज कारागार पठाइएको छ । 
 
घोडाघोडी नगरपालिका—५ देउकलिया गाउँकी राधा चौधरीलाई गत फागुन २४ गते कुटपिट गरिएको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार पुर्पक्षका लागि कारागर पठाइएकामा अभियुक्त भोलेबाबा भनिने रामबहादुर चौधरी र उनलाई साथ दिने भनिएका किस्मती चौधरी, स्मारिका चौधरी, वेदप्रसाद चौधरी, चनकला चौधरी र सीतारानी चौधरी छन् ।
 
पीडित राधा भने सेती अञ्चल अस्पतालमा स्वास्थ्योपचारपछि केही दिनअघि घर फर्किसकेकी छन् । 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Rodhighar

Started at: 16:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 17:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award