घटना दुर्घटना

विभिन्न ठाउँमा चोरी गर्ने गिरोह कारसहित पक्राउ विभिन्न ठाउँमा चोरी गर्ने गिरोह कारसहित पक्राउ
भक्तपुर, १२ चैत, रासस
विभिन्न ठाउँमा चोरी गर्ने गिरोहलाई महानगरीय प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले पक्राउ गरेको छ । 
 
पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–६ बस्ने २२ वर्षीय गणेश लामा, २१ वर्षीय लच्छु कार्की, २३ वर्षीय अनिल मगर, २४ वर्षीय सुमन तामाङ र २१ वर्षीय रुपक तामाङ रहेका छन् । 
 
निजहरुले गत १० गते काभ्रे मण्डन देउपुर नगरपालिका–२ स्थित सानुकान्छा तामाङको पसलबाट नगद रु तीन लाख चोरी गरेर फरार रहेको अभियोगमा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिनुभयो । प्रहरीले निजहरुलाई भक्तपुर नगरपालिका–१० कमलविनायकबाट बा७च ४२ नं कारसहित पक्राउ गरेको उहाँले जानकारी दिनुभयो । 
 
निजहरुको साथबाट नगद रु एक लाख छ हजार २१०, केही विदेशी मुद्रा, सुनको सिक्री एक थान, सुनको औँठी एक थानलगायतका सामग्री बरामद गरी थप अनुसन्धानका लागि आजै इलाका प्रहरी कार्यालय बनेपा काभ्रेलाई बुझाएको उहाँले जानकारी दिनुभयो । 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Nepal Khabar

Started at: 18:00 HRS

Up Next

Hamro Serofero

Starts at: 18:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award