घटना दुर्घटना

दुर्घटनामा दुईजनाको मृत्यु दुर्घटनामा दुईजनाको मृत्यु
लहान, १२ चैत,रासस
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–५ कुसाहामा भएको दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । 
 
मृत्यु हुनेमा मोटरसाइकल चालक सिरहाको सुखीपुर नगरपालिका–४ महादेवका ३५ वर्षीय राजीवकुमार चौधरी र साइकलयात्री सुरुङ्गा नगरपालिका–८ का ३० वर्षीय महेश ठाकुर रहेको प्रहरीले जनाएको छ । 
 
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स९प १९७७ नंको मोटरसाइकलले गएराति साइकललाई ठक्कर दिएको थियो । चौधरी र ठाकुरको लहानस्थित डिभाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ । 
 
मोटरसाइकलमा पछाडि सवार सप्तरी बोदेबर्साइन नगरपालिका–८ का ३० वर्षीय भुनेश्वर चौधरी गम्भीर घाइते भएका छन् । उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Nepal Khabar

Started at: 18:00 HRS

Up Next

Hamro Serofero

Starts at: 18:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award