घटना दुर्घटना

आगलागीबाट एक बालकको मृत्यु आगलागीबाट एक बालकको मृत्यु
इनरुवा, १२ चैत,रासस
सुनसरीको कोशी गाउँपालिका–१ लौकहीमा गएराति आगलागीमा परी एक बालकको मृत्यु भएको छ । 
 
स्थानीय विन्देश्वर मरिकको घरमा आगलागी हुँदा उनका १२ वर्षीय छोरा सुरज मरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । लामखुट्टे धपाउनका लागि बालिएको घुरबाट अचानक भएको आगलागीमा परी सुरजको जलेर मृत्यु भएको हो । 
 
आगलागी भएको घरमा सुरज एक्लै सुतेको कारण भाग्न नसकेकाले उनको जलेर मृत्यु भएको सुनसरीको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिनुभयो । आगलागीमा विन्देश्वरको तीन वटा फुसको घरसमेत जलेर नष्ट भएको छ भने घरभित्र रहेको अन्नपात, लत्ता कपडा, भाडाकुँडालगायतका सामग्री जलेर नष्ट हुँदा करिब रु दुई लाख ५० हजार बराबरको क्षति भएको स्थानीय पवन रौनीयारले जानकारी दिनुभयो । 
 
स्थानीयवासी, नेपाल प्रहरी र इनरुवा नगरपालिकाबाट गएको बारुण यन्त्रणले आगलागी नियन्त्रणमा लिएका थिए । आगलागी पछि मरिक परिवार शोकमा डुब्नुका साथै घरबारविहीनसमेत भएका छन् । 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Nepal Khabar

Started at: 18:00 HRS

Up Next

Hamro Serofero

Starts at: 18:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award