घटना दुर्घटना

हँडियामा आगलागी हँडियामा आगलागी
गाईघाट, उदयपुर, ११ चैत,रासस
चौदण्डी नगरपालिका– १० स्थित हँडियामा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान १० बजेदेखि स्थानीयवासी गणेश निरौलाका घरबाट सल्केको आगोले निरौलाको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । 
 
आगलागी शुरु हुनेबित्तिकै जिल्ला प्रहरी र प्रहरी चौकी हँडियाको प्रहरी शक्ति आगलागी नियन्त्रणका लागि परिचालन गरिएको छ । त्रियुगा र चौदण्डी नगरपालिकाको दमकलसमेत घटनास्थल पुगेर नियन्त्रण गर्दैछ । 
 
अन्य क्षेत्रमा आगो लाग्न नदिन प्रहरी, दमकल र स्थानीयवासी व्यापक परिचालन गरिएको उदयपुरका प्रहरी प्रमुख नवराज भट्टले बताउनुभयो । निरौलाको घर पूर्ण जलेर नष्ट हुँदा रु २५ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Nepal Khabar

Started at: 18:00 HRS

Up Next

Hamro Serofero

Starts at: 18:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award