घटना दुर्घटना

चुरियाजंगल क्षेत्रमा लागेको डढेलोको कारण कटारी क्षेत्र उच्च जोखिममा चुरियाजंगल क्षेत्रमा लागेको डढेलोको कारण कटारी क्षेत्र उच्च जोखिममा
गाईघाट, उदयपुर, ११ चैत,रासस
केही दिनयता देखि निरन्तर रूपमा उदयपुर जिल्लाको कटारी नगरपालिकास्थित चुरिया क्षेत्रको बेलस्रोत, खसीबास, रिस्कु क्षेत्रको जंगलमा व्यापक डढेलो लागेर मानव बस्तीतर्फ बढ्न थालेपछि सो क्षेत्रका मानव बस्ती अहिले उच्च जोखिममा परेको छ । 
 
अहिले चुरिया जंगल क्षेत्रमा लागेको डढेलो कटारीको बेलस्रोत, खसीबास तथा रिस्कुको मानव बसोबास भएको गाउँतर्फ बढेको कारण डढेलो नियन्त्रण गर्न इलाका वन कटारी र कटारी नगरपालिका आफँै नियन्त्रण गर्न अगाडि बढेको कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताउनु भयो । 
 
प्रमुख श्रेष्ठका अनुसार कटारीको रिस्कुस्थित खसीबास क्षेत्रमा डढेलोको कारण जंगल क्षेत्रको आसपासका रहेको झण्डै तीनसय मानब बस्तीका घर उच्च जोखिममा परेपछि गए राति रातभर नै स्थानीयवासीसमेत डढेलो नियन्त्रणमा संलग्न भएको प्रमुख श्रेष्ठले बताउनुभयो । खसीबास र रिस्कु क्षेत्रमा अहिलेसम्म पनि कटारी नगरपालिकाको नेतृत्वमा डढेलो नियन्त्रण कार्य भइरहेको छ । 
 
यता कटारीको बेलस्रोत क्षेत्रको जंगलमा समेत भीषण डढेलो लागेर मानव बस्तीतर्फ बढेको कारण यसको नियन्त्रण गर्न स्थानीयवासी जनप्रतिनिधि र सामुुदायिक वन उपभोक्ता समितिका पदाधिकारीसमेत परिचालन भएको प्रमुख श्रेष्ठले बताउनुभयो । अहिलेसम्म यस क्षेत्रमा हजार हेक्टर क्षेत्रफल वन क्षेत्र डढेलोको कारण सखाप भइसकेको छ । 
 
त्रियुगा नगरपालिका क्षेत्रको हँडिया, जोगिदह लालपता पात्लेबास क्षेत्रको जंगलमा एक हप्तादेखि लागेको डढेलो अझै नियन्त्रण नहुँदा झण्डै दुई हजार हेक्टर क्षेत्रफलको जंगल डढेलोले प्रभावित बनाएको स्थानीयवासीले बताएका छन् भने जिल्ला वन कार्यालयले कुनै प्रतिक्रिया दिएको छैन । 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Nepal Khabar

Started at: 18:00 HRS

Up Next

Hamro Serofero

Starts at: 18:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award