घटना दुर्घटना

आगलागीमा रु दश लाख बढीको धनमाल नष्ट आगलागीमा रु दश लाख बढीको धनमाल नष्ट
राजविराज, ९ चैत,रासस
सप्तरीको खडक नगरपालिका–२ मा आज आगलागी हँुदा रु १० भन्दा बढी मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । 
 
स्थानीय भुवनेश्वर मण्डलको घरमा बालेको घुरबाट अचानक सल्केको आगोले निजको दुईवटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । सो गुहाली९गाईगोठ०मा बाँधिएको चारवटा गोरु, दुईवटा बाख्रा तीनबटा, खसी र एउटा भँैसी जलेर मरेको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।
 
त्यस्तै छिमेकी कपिलेश्वर मण्डलको पनि एउटा कच्ची घर र एउटा गुहाली घर जलेको छ । सो घरभित्र बाँधिएको दुईवटा गोरु, एकवटा भौँसी जलेको प्रहरीले जनाएको छ । 
 
सो आगालीबाट खाद्यान्न, अन्नपात, लत्ताकपडा, भाँडावर्तन र नगद गरी करिब रु १० लाख मूल्यबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । आगोलाई स्थानीयवासी र राजविराजबाट गएको बारुणयन्त्रले निभाएको थियो । 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Nepal Khabar

Started at: 18:00 HRS

Up Next

Hamro Serofero

Starts at: 18:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award