घटना दुर्घटना

हराएको बाइस दिनपछि जंगलमा शव फेला हराएको बाइस दिनपछि जंगलमा शव फेला
कञ्चनपुर, ८ चैत,रासस
घरबाट हराएको बाइस दिनपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ पिलरिफाँटाका ४५ वर्षीय मदनबहादुर बुढा मृत अवस्थामा फेला परेका छन् । 
 
गाउँ नजिकैको बर्रेगडामा उनी झुण्डिएको अवस्थामा फेला परेका हुन । स्थानीय बासिन्दाले बुढा झुिण्डएको अवस्थामा देखेपछि बुधबार साँझ प्रहरीलाई खबर गरेका थिए । 
 
इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक मोहन साउदले बुढाको शव झुण्डिएको अवस्थामा फेला परेको बताउनुभयो । शव कुहिएको अवस्थामा फेला परेको छ उहाँले भन्नुभयो ।
 
शव नजिकै एक हँसियासमेत फेला परेको छ । शव परीक्षणका लागि महाकाली अञ्चलअस्पताल पठाइएको छ । 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award