घटना दुर्घटना

पुरुषको शव फेला पुरुषको शव फेला
महेन्द्रनगर, धनुषा, ८ चैत,रासस
धनुषामा आज बिहानै एक पुरुषको शव फेला परेको छ । जनकपुर–ढल्केबर सडकखण्डमा फेला परेको उक्त शवको प्रकृति हेर्दा कुनै सवारी साधनले ठक्कर दिएर मृत्यु भएको र सवारी फरार भएको हुनसक्ने अनुमान गरिएको छ । 
 
जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार फेला परेको शव जनकपुर उपमहानगरपालिका– ९ बस्ने ४८ वर्षीय रेवतीरमणलाल कर्णको रहेको छ । बिहान ५।३० बजे सडकमै कर्णको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । मृतकको गालामा सामान्य चोट बाहेक कतै कुनै घाउचोट छैन । 
 
मृतकको गालामा चोट देखिएकाले मर्निङवाकमा रहेको बेला कुनै सवारी साधनको ठक्करबाट उनको मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । शवलाई परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award