घटना दुर्घटना

माटोको ढिस्कोले पुरिएर मृत्यु माटोको ढिस्कोले पुरिएर मृत्यु
वालिङ, स्याङजा, ७ चैत,रासस
स् स्याङजाको पश्चिममा पर्ने कालीगण्डकी गाउँपालिका–६ दब्चेमा माटोको ढिस्कोले पुरिएर आज दिउँसो एक महिलाको मृत्यु भएको छ । 
 
वडा प्रहरी कार्यालय वालिङका अनुसार कालीगण्डकी गाउँपालिका–६ दब्चे लाम्दीकोटकी ४१ वर्र्षीया इन्दिरा रानाको घटनास्थलमै मृत्यु भएको हो । 
 
रानाको घर पोत्ने रातो माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको हो । घटनामा परी सोही स्थानका १८ वर्र्षीया भावना दर्लामी र ५२ वर्षीया जीतमाया गाहा घाइते भएका छन् ।
 
उनीहरूको पाल्पाको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award