घटना दुर्घटना

बस दुर्घटनामा मृत्यु बस दुर्घटनामा मृत्यु
बागलुङ, ६ चैत,रासस
बुटवलबाट बुर्तिबाङ आउँदै गरेको लु१ ख ७४३९ नंको रात्रि बस आज बिहान दुर्घटना हुँदा तमानखोला गाउँपालिका–३ की ८४ वर्षीया कुमारी बुढाको मृत्यु भएको छ । 
 
करीव ५ बजे मध्यपहाडी लोकमार्गमा पर्ने बुर्तिबाङ नगरपालिका–१ खप्तरीवाङमा परेको बस दुर्घटनामा १० यात्रु घाइते भएका छन् ।
 
घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक कृष्ण राना मगरले जानकारी दिनुभयो ।
 
घाइतेमध्ये एकको अवस्था गम्भीर छ । बस सडकदेखि झण्डै २५ मिटर तल बडीगाड खोलामा खसेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न सकेको छ्रैन । 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award