घटना दुर्घटना

इँटाभट्टाको मजदूर माथि गोली प्रहार इँटाभट्टाको मजदूर माथि गोली प्रहार
रौतहट, ६ चैत,रासस
रौतहटस्थित एक इँटाभट्टाका मजदूरमाथि गोली प्रहार भएको छ । 
 
कटहरिया नगरपालिका–८ पिप्रापोखरिया गाउँ छेउ रहेको नेम इँटाभट्टाका मजदूर ५० वर्षीय रामअसिष यादवमाथि अज्ञात समूहले गए राति गोली प्रहार गरेको प्रहरीले जनाएको छ । 
 
गरुडा नगरपालिका–५ महमदपुुर घर भएका मजदूर यादव सोमबार राति इँटाभट्टामा अर्का एक मजदूरसँग सुुतिरहेका थिए । राति करीव ११ः३० बजे अज्ञात समूहले यादव माथि गोली प्रहार गरेको गरुडा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द थापाले बताउनुभयो । 
 
मजदूर यादवको ढाडमा गोली लागेकाले प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल पठाइएको उहाँले जानकारी दिनुुभयो । 
 
घटनामा संलग्न रहेको आशंकामा सँगै काम गर्ने एक मजदूरलाई नियन्त्रणमा लिएर अनुुसन्धान भइरहेको र घाइते मजदूुर यादव गजँडी भएकाले उसको व्यक्तिगत दुुस्मनीको कारण यस्तो घटना हुन गएको प्रहरीको प्रारम्भिक अनुुमान छ । 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award