घटना दुर्घटना

अग्नि पीडित क्षेत्र–रोगको संक्रमणको खतरा अग्नि पीडित क्षेत्र–रोगको संक्रमणको खतरा
इटहरी, ६ चैत,रासस
सुनसरीको बराहक्षेत्र नगरपालिका–११ को इक्राही बस्तीमा आगलागी भएपछि अहिले पिउने पानीको अभाव र चर्पीको समस्या हुनाका साथै आगलागीमा परी मरेका चौपाया व्यवस्थापन नहुँदा संक्रमण फैलने खतरा बढेको छ । 
 
आगो लागेर इक्राही बस्तीको ४९ परिवारको सम्पूर्ण घर गोठ गुवाली तथा चर्पीसमेत जलेको र पानी प्रयोगका लागि गाडिएको चापाकलसमेतले काम गर्न नसक्ने भएपछि अग्नि पीडित परिवारले स्वच्छ पिउने पानी नपाएको पीडित देवनारायण चौधरीले जानकारी दिनुभयो । 
 
आगलागीमा परी मरेका थुप्रै बाख्रा पाठा र गाई गोरुको व्यवस्थापन नगर्दा दुर्गन्ध फैलन थालेकाले हैजाको संक्रमण फैलन सक्ने खतरा बढेको अर्का अग्निपीडित हरिलाल सरदारको गुनासो थियो । 
 
अग्निपीडित क्षेत्रका सबै घरका मानिसले लगाएको लत्ताकपडाबाहेक केही पनि नबचेकाले तत्काल बालबालिकाको पठनपाठनका लागि अझै कहीँबाट राहत उपलब्ध हुन नसकेको अर्का पीडित गोपी यादवले बताउनुभयो । 
 
तरुण दल– आधारभूत राहत विरतण 
 
नेपाल तरुण दल जिल्ला शाखाले बराहक्षेत्र नगरपालिका–११ को इक्राही बस्तीमा भएको आगलागी पीडित परिवारलाई सोमबार खाद्यान्न लत्ताकपडा र त्रिपाल वितरण गरेको छ । 
 
तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङ र उपाध्यक्ष सन्तोष विकको नेतृत्वमा गएको राहत वितरण टोलीले अग्निपीडित ४९ घर परिवारलाई त्रिपाल खाद्यान सामग्री चाउचाउलगायत प्रतिपरिवार रु ११ हजार बराबरको सामग्री उपलब्ध गराइएको जिल्ला अध्यक्ष सिजन गुरुङले जानकारी दिनुभयो 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award