घटना दुर्घटना

छुट्टाछुट्टै आगलागीमा रु २० लाखको क्षति छुट्टाछुट्टै आगलागीमा रु २० लाखको क्षति
राजविराज, ४ चैत,रासस
सप्तरीका छुट्टाछुट्टै ठाउँमा शनिबार साँझ आगलागी हुँदा करिब रु २० लाख मूल्य बराबरको क्षति भएको छ । 
 
सप्तरीको सप्तकोसी नगरपालिका–१ फत्तेपुरमा शनिबार साँझ एउटा हार्डवेयर पसलमा आगलागी भएको छ । स्थानीय दीनानाथ रौनियारको हार्डवेयर पसलमा कोही नभएको बेला आगलागी हुँदा रु १५ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 
 
आगलागीबाट घरको तल्लो तलामा रहेको पसलमा राखिएको प्लास्टिक, हार्डवेयरका विभिन्न सामान जल्दा सो मूल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 
 
आगलागी कुन कारणले भएको खुल्न नसकेको र विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । यता आगोलाई स्थानीयवासी, प्रहरी तथा राजविराजबाट गएको बारुणयन्त्रले नियन्त्रणमा लिएको थियो । 
 
यस्तै, छिन्नमस्ता गाउँपालिका–४ लालपट्टी बस्ने रामपृत यादवको एकतले घरमा विद्युत् सर्ट भई आगलागी हुँदा करिब रु दुई लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
 
त्यस्तै, सप्तरीकै रुपनी गाउँपालिका–३ मा आगलागी हुँदा स्थानीय कमल मुखिया र छेदी मुखियाको नगदसहित एक÷एक वटा घर जल्दा रु दुई लाख ५० हजार मूल्य बराबरको धनमाल जलेर नष्ट भएको जिप्रकाले जनाएको छ ।
 
आगोलाई स्थानीयवासी र प्रहरीले निभाएका थिए । 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award