घटना दुर्घटना

कृष्णनगरको भेली मिलमा आगलागी कृष्णनगरको भेली मिलमा आगलागी
जितपुर, कपिलवस्तु, ४ चैत,रासस
यहाँको एक भेली मिलमा शनिबार आगलागी हँुदा रु तीन लाख बराबरको क्षति भएको छ । 
 
कृष्णनगर नगरपालिका–९ मा रहेको महेश गुण उद्योगमा भेली बनाउने क्रममा दिउँसो आगो बाल्दा हावाहुरीका कारण सो उद्योगमा आगलागी भएको इलाका प्रहरी कार्यालय, बहादुरगञ्जले जनाएको छ । 
 
आगलागीबाट ४० क्विन्टल भेली, भेली स्टोर, लत्ताकपडा, भाँडावर्तन गरी करिब रु तीन लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
 
स्थानीयबासी, प्रहरी र दमकलको सहयोगमा साँझ आगो नियन्त्रणमा आएको मिल सञ्चालक दिनानाथ चौधरीले जानकारी दिनुभयो । 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award