घटना दुर्घटना

मापसे गर्ने १५ लाखभन्दा बढी चालक कारवाहीमा मापसे गर्ने १५ लाखभन्दा बढी चालक कारवाहीमा
काठमाडौँ, २ चैत,रासस
महानगरीय ट्राफिक प्रहरी महाशाखाले मादक पदार्थ सेवन ९मापसे० गरी सवारी चलाउने १५ लाख आठ हजार ५०९ जनालाई कारबाही गरेको छ । महाशाखाले विसं २०६९ मंसिर २२ गतेदेखि हालसम्म उपत्यकामा विभिन्न समयमा मापसे गरी सवारी चलाउने चालकलाई कारबाही गरेको हो । 
 
जसमध्ये पहिलोपटक १२ लाख ३४९, दोस्रो २५ हजार ४६१, तेस्रो आठ हजार ३४१, चौंथो दुई हजार ९२६ र पाँचांैपटक एक हजार ४९ चालक कारबाहीमा परेका छन् । जसमध्ये ३८३ चालक निलम्बनमा परेका छन् । एउटै चालकले पाँच पटकसम्म मापसे गरेर छैँटो पटक पनि मापसेमा परे उसको सवारी अनुमतिपत्र ९लाइसेन्स० निलम्बन हुने व्यवस्था छ । 
 
महाशाखाका प्रमुख सर्वेन्द्र खनालले मापसे गरी सवारी चलाउदा दुर्घटनाका संख्या वृद्धि हुँदै गएकाले महाशाखाले मापसेमा कडाइ गरेको बताउनुभयो । “उपत्यकाका साँघुरा सडक मापसे गरी सवारी चलाउँदा धेरै दुर्घटना भएको छ,”– उहाँले भन्नुभयो । 
 
महाशाखाले मापसे सेवन गरी सवारी चलाउनेलाई रु एक हजार जरिवाना र सडक सुरक्षासम्बन्धी प्रशिक्षण दिने व्यवस्था गरेको छ । 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award