घटना दुर्घटना

दुई महिलालाई मानव बेचबिखन मुद्दा दुई महिलालाई मानव बेचबिखन मुद्दा
सुरुङ्गा, झापा, २ चैत,रासस
महिलालाई विभिन्न प्रलोभन देखाएर भारततर्फ लैजाँदै गर्दा बिहीबार पक्राउ परेका दुई महिलालाई प्रहरीले मानव बेचबिखनमा मुद्दा दर्ता गरेको छ । 
 
विदेश पठाइदिने भन्दै तीन महिलालाई भद्रपुर नाका हुँदै भारततर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ परेका भद्रपुर–१० निवासी ५० वर्षीया लीला भट्टराई र वुद्धशान्ति गाउँपालिका–३ निवासी ४८ वर्षीया मिङ्मा शेर्पालाई प्रहरीले मानव बेचबिखनमा मुद्दा दर्ता गरेको हो । 
 
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जीतेन्द्र बस्नेतले जानकारी दिनुभयो । 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award