घटना दुर्घटना

बोलेरो जिप दुर्घटनामा एकजनाको मृत्यु बोलेरो जिप दुर्घटनामा एकजनाको मृत्यु
म्याग्दी, २ चैत,रासस
म्याग्दीको बेनी–गलेश्वर सडकखण्डअन्तर्गत जलेश्वरमा गएराति भएको बोलेरो जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 
 
सामान छोडेर गलेश्वरदेखि बेनीतर्फ आउँदै गरेको ग २ च ४०४४ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा शख्त घाइते भएका चालक रकबहादुर सुनारको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
 
मालिका गाउँपालिका–४ घर भएका करिब २८ वर्षका सुनारको शव परीक्षणको लागि बेनी अस्पतालमा राखिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख शिवप्रसाद पाठकले जानकारी दिनुभयो । 
 
दुर्घटनामा परेको उक्त बोलेरो जिप सडकबाट करिब १५ मिटर तल कालीगण्डकी नदीको किनारमा खसेको थियो । 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award