घटना दुर्घटना

तीन कारागार सञ्चालनमा आउने तीन कारागार सञ्चालनमा आउने
काठमाडौँ, २ चैत,रासस
एक महिनाभित्र नेपालमा तीन कारागार सञ्चालनमा आउने भएका छन् । कारागार व्यवस्थापन विभागले दिएको जानकारीअनुसार सिन्धुपाल्चोक, पाल्पा र डोल्पा कारागार सञ्चालनमा आउन लागेको हो । 
 
विभागका सूचना अधिकारी कृष्णप्रसाद आचार्यले भूकम्पबाट क्षति पुगेको सिन्धुपाल्चोकको एक हप्ताभित्र र पाल्पा र डोल्पाको नयाँ भवन एक महिनाभित्र सञ्चालनमा आउने जानकारी दिनुभयो । विसं २०७२ वैशाखको भूकम्पले भत्किएको सिन्धुपाल्चोक कारागार झण्डै तीन वर्षपछि निर्माण सम्पन्न हुन लागेको हो । 
 
“कैदीबन्दीको संख्या बढेसँगै कारागारको संख्या थप गर्नुपरेको हो,”– उहाँले भन्नुभयो । भूकम्पले केही कारागार भत्किएको र केही कारागार नयाँ निर्माण हुने चरणमा रहेको उहाँको भनाइ थियो । नेपालमा हाल ७२ जिल्लामा ७४ कारागार रहेका छन् भने कैदीबन्दीको संख्या १८ हजार ५०० रहेको विभागले जनाएको छ । 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award