घटना दुर्घटना

बसको ठक्करबाट पैदल यात्रुको मृत्यु बसको ठक्करबाट पैदल यात्रुको मृत्यु
भीमदत्तनगर, १ चैत,रासस 
भारतको नयाँ दिल्लीदेखि काठमाडाँैतर्फ गइरहेको बसको ठक्करबाट बुधबार राति कञ्चनपुरको भीमदत्तनगरमा पैदल यात्रुको मृत्यु भएको छ । 
 
नयाँ दिल्लीबाट पश्चिमी नाका गड्डाचौकी हुँदै काठमाडाँै गइरहेको मञ्जुश्री यातायातको बा४ख २३८९ नं को बसले पूर्व–पश्चिम राजमार्गको भीमदत्तनगर–बनखेत सडक खण्डमा ठक्कर दिँदा पैदल यात्रु दार्चुलाको महाकाली नगरपालिका–३ का ५५ वर्षीय वीरसिंह महराको मृत्यु भएको हो । 
 
मृतकको शव महाकाली अञ्चल अस्पतालमा राखिएको छ । बस चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award