- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
घटना दुर्घटना
जबर्जस्ती करणी गरेको अभियोगमा १३ वर्षीय बालक प्रहरी नियन्त्रणमा
लिबाङ, रोल्पा, १ चैत ।
छ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा १३ वर्षीय बालकलाई जिल्ला प्रहरी कार्यालय रोल्पाले आफ्नो नियन्त्रणमा लिएको छ ।
प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलका अनुसार मंगलबार साँझको समयमा खेल्न भनी घर बाहिर रहेकी बालिकालाई अँध्यारो हुनेबेला अभियुक्त बालकले ललाइफकाई जबर्जस्ती करणी गरेको पीडितका आफन्तले प्रहरीमा बयान दिएका छन् । असह्य पीडा भएपछि बालिकाले घरमा गई आफ्नी हजुरआमासँग घटनाका बारेमा जानकारी गराएकी थिइन् ।
त्यसपछि पीडित बालिकाकी हजुरआमाले यस विषयमा तत्काल प्रहरीमा उजुरी गरेसँगै जिल्ला प्रहरी कार्यालय रोल्पाको एक टोली घटनास्थल पुगेर घटनाका बारेमा अनुसन्धान गरी अभियुक्त बालकलाई आफ्नो नियन्त्रणमा लिएको थियो । बालिकालाई भने मेडिकलपश्चात् अभिभावकको जिम्मा लगाइएको छ । पीडित बालिका सदरमुकामकै एक निजी विद्यालयमा एल केजीमा र अभियुक्त बालक सोही विद्यालयमा कक्षा ४ मा अध्ययनरत छन् । अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेका बालकलाई जिल्ला अदालत रोल्पाले थप अनुसन्धानका लागि बुधबार १० दिन म्यादथप गरेको स्रेस्तेदार मानबहादुर विष्टले जानकारी दिनुभयो ।
जिल्ला न्यायाधीश वासुदेवलाल श्रेष्ठका अनुसार १० वर्षभन्दा मुनिको बालकले अपराध गरेमा कुनै सजायको व्यवस्था छैन । तर १० देखि १४ वर्षसम्मको उमेरमा अपराध गरेको ठहर भएमा छ महिनासम्म कैद हुने कानूनी व्यवस्था छ । चौधदेखि १६ वर्ष सम्मको उमेरमा अपराध गरेमा उमेर पुगेको अपराधीलाई हुने सजायको आधा सजाय हुने कानूनी व्यवस्था छ । यदि अदालतबाट यी अभियुक्त बालकलाई अपराध गरेको ठहर भई सजाय हुने भएमा अधिकतम छ महिनासम्म कैदको सजाय हुनेछ । तर अभियुक्त बालकलाई कारागारमा थुनामा राख्न पाइँदैन । यसरी अपराधमा संलग्न बालकलाई बाल सुधार गृहमा राखी कैदको सजाय असुल गरिने प्रावधान रहेको उहाँको भनाइ छ ।
प्रहरी नायब उपरीक्षक फुयाँलका अनुसार जिल्लामा बाल सुधार गृह नभएको हुँदा अपराधजन्य गतिविधिमा संलग्न भएका बालबालिकालाई नियन्त्रणमा लिई संरक्षण दिन समस्या हुने गरेको छ । यसैगरी फागुन १२ गते १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरी हिरासतमा राखेका सुनछहरी गाउँपालिका फगाम रोल्पाका १७ वर्षीय किशोरलाई जिल्ला अदालत रोल्पाको आदेशअनुसार पुर्पक्षका लागि बुधबारदेखि थुनामा राखिएको छ ।
यस्तै रुन्टीगढी गाउँपालिका रोल्पाकी २८ वर्षीया महिलालाई १८ देखि २४ वर्ष उमेर समूहका पाँचजना युवाले फागुन पहिलो साता सामूहिक बलात्कार गरेको अभियोगमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका चारजनालाई पनि जिल्ला अदालत रोल्पाको आदेशअनुसार हिजोदेखि नै पुर्पक्षका लागि थुनामा राखिएको छ । जिल्ला न्यायाधीश श्रेष्ठको इजलासले थुनछेकको आदेश गर्दा जबर्जस्ती करणीको अभियोगमा प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा राखिएको जिल्ला अदालत रोल्पाका स्रेस्तेदार विष्टले जानकारी दिनुभयो ।
Post Comment
More घटना दुर्घटना
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते
- भिरबाट लडेर एकको मृत्यु
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ
- नौ महिनामा सवारी दुर्घटनाका कारण ९७ जनाको मृत्यु
- चितुवाको आक्रमणबाट एकजना घाइते
- आगलागीबाट दुई घर नष्ट, रु बीस लाखको क्षति
- बहुमूल्य जडीबुटी अवैध चोरी–निकासी बढ्यो
- पुरुष मृत अवस्थामा फेला
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





