घटना दुर्घटना

ट्याङकर दुर्घटनामा चालकको मृत्यु ट्याङकर दुर्घटनामा चालकको मृत्यु
नुवाकोट, २८ माघ,रासस
रसुवाको वेत्रावतीबाट पानी भर्न मैलुङतर्फ जान लागेको ट्याङ्कर उत्तरगया–५ खाल्टेमा दुर्घटना हुँदा चालक नवराज श्रेष्ठको मृत्यु भएको छ । 
 
बा२ ख ७४१६ नंं को ट्याङकर खाल्टेस्थित सडकमा दुर्घटना भएर त्रिशूली नदीमा पुग्दा चालक विदुर नगरपालिका– ३ का २५ वर्षीय श्रेष्ठको मृत्यु भएको रसुवा प्रहरीले जनाएको छ । बिहान करीव ११ बजे दुर्घटना भएको ट्याङकर त्रिशूली नदीमा डुबेपछि श्रेष्ठको शव अपराह्न साढे २ बजे मात्र स्थानीयवासीको सहयोगमा नदीबाट बाहिर निकालिएको इलाका प्रहरी कार्यालय कालिकास्थानका प्रहरी निरीक्षक सानुबाबु भण्डारीले जानकारी दिनुभयो । 
 
दुर्घटनामा ट्याङ्कर सडकबाट करीव ५० मि तल पुगेर नदीमा डुबेकाले उद्धारमा ढिलाइ भएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल त्रिशूली, नुवाकोटमा ल्याइएको छ ।

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Kalika Highlites

Started at: 15:00 HRS

Up Next

Kalika News Up-Date

Starts at: 16:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award