घटना दुर्घटना

अन्तु कटेजमा आगलागी हुँदा नौ लाखको क्षति अन्तु कटेजमा आगलागी हुँदा नौ लाखको क्षति

मंगलबारे, इलाम, २८ पुस,रासस

इलामको पर्यटकीय क्षेत्र श्री अन्तुमा सञ्चालित ‘अन्तु कटेज’ मा आगलागी भएको छ । सूर्योदय नगरपालिका–४ मा रहेको कटेजमा आज बिहान करिब ५ बजे आगलागी भएको हो । आगलागीबाट कटेजको गोदाम कोठा र बार पूर्णरुपमा जलेर नष्ट भएको बताइएको छ । 

के कारणले आगलागी भएको भन्ने विषयमा अझै खुल्न सकेको छैन । सञ्चालक धरणी घिमिरेले भन्नुभयो, “विद्युत् चुहावट भएर पनि होइन, आगो बालिएको पनि छैन खै कसरी आगो लाग्यो रहस्यकै विषय बनेको छ ।” 

आगलागीका विषयमा अनुसन्धान भइरहेको अन्तु प्रहरी चौकीका प्रमुख विमलकुमार निरौलाले जानकारी दिनुभयो । आगलागीबाट करिब रु नौ लाख ५० हजार मूल्यबराबरको क्षति भएको सञ्चालक घिमिरेले बताउनुभयो । 

स्टोर रुमसहित बार भवनसमेत जल्दा त्यहाँ राखिएका खाद्यान्न, पेय पदार्थ, लत्ताकपडालगायत सामग्री जलेर क्षति भएको उहाँले बताउनुभयो । आगो स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । प्रहरी र स्थानीयवासीको सहयोगपछि त्यहाँ सञ्चालित लज भने जोगिएका छन् । 

अन्तु कटेज इलाकामा धरणी घिमिरे, कमल घिमिरे, राजन ताम्राकार, कुमार श्रेष्ठ र हेमसागर पौडेलले सञ्चालन गर्नुभएको हो ।  

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Sweet Home

Started at: 14:10 HRS

Up Next

kalika Highlites

Starts at: 15:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award