घटना दुर्घटना

नेपाली काँग्रेसको जिल्ला नेताको घरमा बम विस्फोट नेपाली काँग्रेसको जिल्ला नेताको घरमा बम विस्फोट
 
कपिलवस्तु, १९ मंसिर (रासस) ः
बाणगंगा नगरपालिकाको कोपवामा नेपाली काँग्रेसका जिल्ला नेताको घरमा बम विस्फोट गराइएको छ । नेपाली काँग्रेसका महाअधिवेशन प्रतिनिधि तथा जिल्ला नेता दुनिकाप्रसाद भुसालको घरमा अपरिचित व्यक्तिले गए राति पेट्रोल बम विस्फोट गराएका छन् । 
पेट्रोल बमका कारण घरमा पार्किङ गरिएको गाडीमा क्षति पुगेको छ । 
 
त्यसैगरी आज बिहान पुनः दोस्रोपटक नेता भुसालको घरमा सकेट बम फेला परेको छ । बिहान करिब ५ बजे घरसँगै सकेट बम देखेपछि तुरुन्त प्रहरीलाई खबर गरेको नेता भुसालका भाइ लक्ष्मण भुसालले बताउनुभयो । सो सकेट बम नेपाली सेनाको टोलीले निस्क्रिय गरेको थियो । 
 
निर्वाचनको मिति नजिकै आउँदा जिल्लामा विस्फोटका घटना बढ्न थालेका छन् । तर स्थानीय प्रशासनले भने सानातिना विस्फोटले निर्वाचनको कार्यलाई खासै असर नपु¥याउने जनाएको छ । 
––– 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Jamka Bhet

Started at: 16:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 17:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award